२६ असार, महोत्तरी – महोत्तरी जिल्लाको औरही गाउँपालिकामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
कारागार चलान हुनेहरुमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिलकुमार साह, २० वर्षीय सुरेशप्रसाद यादव, २१ वर्षीय रमेश पञ्जीयार र २० वर्षीय अनिकेतकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गत जेठ २८ गतेराति ७ बजेतिर औरही बजारबाट आफ्नो गाउँ औरही गाउँपालिका–२ फूलबरिया जाँदै गरेकी युवतीलाई औरही बजारदेखि ५०० मिटर टाँढा आँप बगैँचामा बाटो ढुकेर बसेका चारै जना युवकले समातेर मुख बन्द गरी पालैपालो बलात्कार गरेकाले उनीहरुलाई जिल्ला अदालतले पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको प्रहरीले बताएको छ ।