२६ असार – दक्षिण अफ्रिकासँगको पहिलो टेष्ट क्रिकेटमा इंग्ल्याण्ड दुई सय ११ रनले विजयी भएको छ । लर्ड्समा भएको खेल चौथो दिन आइतबार राति इंग्ल्याण्डका मोइन अलीले ६ विकेट लिँदै टिमलाई जिताएका हुन् । दोस्रो जितका लागि तीन सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले सबै विकेट गुमाएर एक सय १९ रन मात्रै बनाउन सक्यो । दोस्रो पारीमा दक्षिण अफ्रिकाका तेम्बा बाभुमाले २१, भेर्नोन फिलान्डरले १९ तथा क्वीन्टन डी ककले १८ रन बनाए । इंग्ल्याण्डका मोइन अलीले ६ तथा लियम डवसनले दुई विकेट लिए । इंग्ल्याण्डले दोस्रो पारीमा दुई सय ३३ तथा पहिलो पारीमा चार सय ५८ रन बनाएको थियो । दक्षिण अफ्रिकाले पहिलो पारीमा ३ सय ६१ रन बनाएको थियो । जितसँगै चार टेष्टको श्रृँखलामा इंग्ल्याण्डले १–० को अग्रता लिएको छ ।