Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

गोविन्द र कृष्णको कुल कुल सार्वजनिक

Sunday, July 9, 2017 National Power

२४ असार , काठमाडौं –  गीतकार गोविन्दराज शिवाकोटीको एकल शब्दरचना र गायक कृष्ण भट्टराईको एकल स्वर रहेको गीतिसंग्रह कुलकुल सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाको हातबाट कुलकुललाई सार्वजनिक गरिएको हो । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा विशिष्ट अतिथि रहेको उक्त कुलकुल सार्वजनिक कार्यक्रमको सभापतित्व भने गीतकार गोविन्दराज शिवकोटीले गरेका थिए ।


गायक कृष्ण भट्टराई उपस्थिति अतिथिहरुलाई स्वागत गर्दै गीतकार शिवाकोटीले आफूलाई विश्वास गरेर एकल एल्बमको गीत नै गाउने अवसर दिनुभएकोमा खुशी व्यक्त गर्दै आफू अबको सांगीतिक यात्रामा निरन्तर अगाडि बढ्ने बताए ।
गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले शुभकामना मन्तव्य दिएका थिए । त्यसैगरी प्रमुख अतिथि वरिष्ठ गीतकार रत्नशमशेर थापाले गायक भट्टराई राम्रो प्रतिभा भएको उल्लेख गर्दै गीतकार शिवकोटीका शब्दहरुमा पनि फरकपन पाएको बताएका थिए । त्यसैगरी गीतकार गोविन्दराज शिवकोटीले गीतका थापाका गीत सुनेर प्रभावित हुँदै गीत लेखनमा लागेको बताउँदै आज प्रत्यक्ष भेट्न पाएको छु, भन्दै खुशी व्यक्त गरे ।

एल्बमभित्र तीन गीत समावेश छन् । कुलकुल, आज फेरी, तिमीलाई नदेख्दा, आज फेरी जस्ता गीत समावेश गरिएका छन् । जसमा शंकर थापा, अर्जुन पोखरेल र धनु ग्याङ्मीले संगीत गरेका छन् । एल्बमलाई डस म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।