Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

ग्यास लिग भएर आगलागी हुँदा ४ गम्भीर

Wednesday, July 5, 2017 National Power

२१ असार, जाजरकोट – जाजरकोटको भेरी नगरपालिका ३ तल्लो थाप्लेको एक घरमा खाना पकाउने (एलपिजी) ग्यास लिग हुँदा आगलागी भई एक नाबालकसहित चारजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा त्रिवेणी नलगाड नगरपालिका ४ की २१ वर्षीयाकी बन्दना पन्त, ४८ वर्षीया हिरालाल पन्त, ३ वर्षीया नाबालक रोशन सिंह र भेरी नगरपालिका ३ का ४० वर्षीया बाग्यश्वरी डाँगी रहेका छन्। घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपश्चात् थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल जाजरकोटका निमित्त कार्यालय प्रमुख डाक्टर चाँदनी जयसवालले बताए।