Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

निर्वाचनमा अहिलेसम्म ३०४ तहको नतिजा सार्वजनिक

Wednesday, July 5, 2017 National Power

२१ असार, काठमाडौं – स्थानीय तह दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म ३०४ तहको नतिजा सार्वजनिक भएको छ । अहिले बिहानसम्मको अन्तिम मतपरिणामअनुसार ३०४ तहको नतिजा सार्वजनिक भएको हो । नेकपा एमालेले अहिलेसम्म १३२ तहमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले अहिलेसम्म जम्मा ११६ तहमा विजय हासिल गरेको छ ।
माओवादी केन्द्र ३६, संघीय समाजवादी फोरम नेपाल ६, नेपाल लोकतान्त्रिक पार्टी ६, राप्रपा ४, राष्ट्रिय जनमोर्चा २ र स्वतन्त्र २ निर्वाचित भएका छन् । ३३४ तहका लागि भएको निर्वाचनमा बाँकी तहको मतपरिणाम सार्वजनिक हुन बाँकी नै छ ।