Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

बैतडीमा जिप दुर्घटना, ७ घाइते

Wednesday, July 5, 2017 National Power


२१ असार, बैतडी – बैतडीको पर्साखोलामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। देहिमाण्डौबाट गिरेगाडाका लागि हिँडेको से १ ज ५६७ नम्वरको जिप मंगलबार राति दशरथचन्द नगरपालिका ९ पार्साखोला भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। पानी परेकाले कच्ची सडक चिप्लो भएकाले चिप्लीएर जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ। हिलाम्मे सडकमा अन्य सवारी पनि फसेकाले घाइतेमध्ये ३ जनालाई मात्रै राति नै जिल्ला अस्पताल ल्याउन सकिएको र बाँकी चार जनालाई बुधबार बिहान मात्रै अस्पताल पुर्‍याउन सकिएको प्रहरीले बताएको छ। हिलोमा फसेको सवारीलाई ट्याक्टरले तानेर पक्की सडकसम्म पुर्‍याइएको थियो। घाइते हुनेहरुमा बैतडी पञ्चेश्वर ५ का २१ वर्षीय प्रकाश भण्डारी, ३६ बर्षीया कलावती चन्द, १५ वर्षीय कमलेश महत, पञ्चेश्वर ६ का ८३ वर्षीय श्रीकृष्ण भण्डारी, १६ वर्षीय नरेश भट्ट, मेलौली ५ का ६५ वर्षीया भागरथी चन्द, ३५ वर्षीय शेर चन्द रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।