Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

करेण्ट लागेर एकको मृत्यु

Wednesday, July 5, 2017 National Power


२१ असार, सप्तरी – सप्तरीको विष्णुपुर गाउँपलिका ७ इटहरी विष्णुपरमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। खेतमा पानी लगाउन विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेण्ट लागी स्थानीय ५० वर्षीय मोहमद मोहुला अन्सारीको मृत्यु भएको हो। करेण्ट लागेर अन्सारी गम्भीर घाइते भएका थिए। उपचारका लागि राजविराज ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पछिल्लो तीन साताको अवधिमा सप्तरी र सिरहामा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा पाँच र कम्प्युटरबाट प्रिन्ट निकाल्ने क्रममा करेण्ट लागेर एक जना गरी छ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।