Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

करेण्ट लागेर एकको मृत्यु

Wednesday, July 5, 2017 National Power


२१ असार, सप्तरी – सप्तरीको विष्णुपुर गाउँपलिका ७ इटहरी विष्णुपरमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। खेतमा पानी लगाउन विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेण्ट लागी स्थानीय ५० वर्षीय मोहमद मोहुला अन्सारीको मृत्यु भएको हो। करेण्ट लागेर अन्सारी गम्भीर घाइते भएका थिए। उपचारका लागि राजविराज ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पछिल्लो तीन साताको अवधिमा सप्तरी र सिरहामा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा पाँच र कम्प्युटरबाट प्रिन्ट निकाल्ने क्रममा करेण्ट लागेर एक जना गरी छ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।