Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

प्रमुखमा कांग्रेसका उम्मेदवार र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

Wednesday, July 5, 2017 National Power


२१ असार, झापा – गौरादह नगरपालिकाका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन्। १० हजार ३ सय ८ मत प्राप्त गरी कांग्रेसका रोहित शाह गौरादहको प्रमुखमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मदन अधिकारीले ९ हजार ८ सय ५४ मत प्राप्त गरे। उपप्रमुखमा एमालेकी गीता भेटवाल १० हजार ६ सय २० मतसहित विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुमित्रा कुमारी खरेलले ७ हजार ९ सय ११ मत प्राप्त गरिन्। गौरादहको वडाहरूमा मिश्रित परिणाम आएको छ। वडा नम्बर १ को अध्यक्षमा एमालेका नगेन्द्र भण्डारी, २ मा कांग्रेसका हेमन्त कार्की, ३ मा एमालेका गजेन्द्र प्रसाद घिमिरे र ४ मा एमालेका मणिन्द्र कार्की विजयी भएका छन्। यस्तै वडा नम्बर ५ मा एमालेकै छत्रपति सुवेदी र ६ मा कांग्रेसका खड्गप्रसाद पराजुली विजयी भए। वडा नम्बर ७ मा एमालेका बलाराम खरेल, ८ मा एमालेका भूमिराज पोखरेल र ९ मा कांग्रेसका सीताराम भट्टराई निर्वाचित भएको निर्वाचन अधिकृत शकुन्तला कार्कीले जानकारी दिइन्।