२० असार, बाग्लुङ – खर्वाङ सिमान्तकृत महिलाहरु कुखापालन गरि ब्याबसायिक रुपमा अघि बड्ने अवसर मिलेको एक कार्यक्रमका सहभागिहरुले बताए।
बडिघाट गाउपालिका वार्ड नं २ मा खरवाङमा आयोजित पंक्षिमां आधारित सीप बिकास तथा कुखुरापालन सहयोग कार्यक्रममा बक्ताहरुले आफ्ना धारणा राखे।
भुमिहिन, गरिब, सरकारी सेवाको अवरबाट बंचित सिमान्तकृत कुमाल समुदाय उन्नत सीप प्रबिधि सिकि कुखुरापालन ब्याबसायबाट जीवनस्तर उकास्न गरिने प्रयासलाई मद्दत पुर्याउन यो कार्यक्रमको आयोजना गरेको अधिकारकर्मी एवम् सामाजिक अभियन्ता सिताराम थापाले बताए ।
कार्यक्रममा प्रमुख अतिथि ज्ञान कुमारी छन्त्यालले कुमाल महिलाहरुको लागि लक्षित गरि आत्मिनिर्भर बनाउन आवश्यक भएको बताईन । उनले मन्त्री चयन प्रकृयामा लाग्नुपर्ने बेला र दलले आवश्यक ठाने आफु पनि मन्त्री चयन हुन सक्ने अवसर छोडेर यहाँ समय दिन आएको बताए । बडिघाट गाउपालिका -२ वार्ड अध्यक्ष बिष्णु भुसालले तल्लो तहमां रहेका महिलाहरुलाई जीवन उपयोगी यस्तो कार्यक्रम फलदायी भएको र भबिष्यमां आफुले पनि सक्दो सहयोग गर्ने बताए ।