Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

बाँस्कोटालाई लाइफटाइम लिजेन्ड्री, सुवेदीलाई सम्मान

Sunday, July 2, 2017 National Power

१८ असार, काठमाडौं – नवौं छायाँछवी डि सिने अवार्ड अन्तर्गत यस पटकको ‘छायाँछबी लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’बाट बरिष्ठ सागीतकाररगायक शम्भुजीत बासकोटालाई सम्मान गरिने भएको छ ।

चार दशक भन्दा लामो समय देखि संगीत श्रृजनामा लागेर चलचित्र सहित सबै प्रकारका नेपाली संगीतको संरक्षण, प्रवर्धन र विकाशमा अबिरल योगदान पुर्‍याएकाले बरिष्ठ संगीतकार बासकोटालाई यो सम्मानबाट सम्मानित गर्न लागिएको हो । बासकोटा एक दर्जन भन्दा बढी चलचित्रका कथाकार, करिब तीन सय ओटा चलचित्रका संगीतकार, चार हजार भन्दा बढी गीतका सागीत सर्जक, गायक र गीतकार हुन् ।

नेपाल टेलिभजिन र चलचित्र विकाश बोर्डका कार्यकारी अध्यक्ष भईसकेका बासकोटा हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हुन् ।

यस्तै ‘छायाँछवी चलचित्रकर्मी रजत सम्मान–२०७३’बाट पुरुष तर्फ अभिनेता सरोज खनाल र महिलातर्फ अभिनेत्री रुपा रानालाई सम्मानित गरिने भएको छ । तीन दशक भन्दा लामो समयदेखि नेपाली चलचित्रबृत्तमा क्रियाशिल यी दुबैले अभिनेता अभिनेत्रीका रुपमा चलचित्र बिजय पराजयबाट अभिनययात्रा सुरु गरेका हुन् । यी दुबै कलाकार तीन दशक देखि रंगमन्च तथा सानोपर्दाका चलचित्रमा पनि सक्रिय छन् ।

यस्तै यो वर्षको ‘छायाँछवी चलचित्र पत्रकारिता पुरस्कार–२०७४’बाट पत्रकार लक्ष्मण सुवेदीलाई पुरस्कृत गरिने भएको छ । डेढ दशकदेखि पत्रकारितामा निरन्तर लागेका सुवेदी चलचित्र तथा मनोरञ्जन विटमा कलम चलाउँछन् । हाल नयाँ पत्रिकामा बरिष्ठ उपसम्पादकका रुपमा कार्यरत सुवेदीलाई ९ हजार ९ सय ९९ रुपैयाा र ताम्रपत्रबाट पुरस्कृत गरिने भएको छ । छयााछबी यस पटक नवौं वर्षमा प्रवेश गरेकाले उनलाई पुरस्कार स्वरुप ९ हजार ९ सय ९९ रुपैयाा प्रदान गर्न लागिएको हो ।

आगामी २२ असारमा हेटौंडाका ओम्याक्स सिनेमा हलमा ‘नवौं डि सिने अवार्ड–२०७४’ आयोजना गरिादैछ । सोही अवार्ड समारोहमा यी पुरस्कार प्रदान गरिने निर्णय छायाँछवी क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए ।