Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

४५ किलो अवैध लागुऔषध चरेश सहित ४ जना पक्राउ

Sunday, July 2, 2017 National Power

१८ असार, बारा – प्रहरीले बाराको सिमरा उपमहानगरपालीका ३ बजनीबाट ४५ किलो अवैध लागुऔषध चरेश सहित ४ जनालाई पक्राउ गरेको छ ।

गएराति ४५ किलो चरेश सहित मकवानपुर कैलाश गाँउपालीका ७ का चन्द्रबहादुर सिङ, सोही ठाँउका सम्बुमाईला चेपाङ,ज्ञान कुमार चेपाङ र राज चेपाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मकवानपुरबाट चरेश ट्रकमा लुकाएर भारततर्फ लैजादै गरेका बेला उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनालाई थुनामा राखि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।