Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

देउवाको जिल्लामा चुनावी परिणामको धक्का, नगरपालिकातर्फ एमाले विजयी

Friday, June 30, 2017 National Power

१६ असार, डडेल्धुरा – प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई गृहजिल्लाको चुनावी परिणामले धक्का दिएको छ । देउवाको गृहनगर डडेल्धुराको अमरगढी नगरपालिकामै एमालेले विजय हात पारेको छ ।

अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपमेयरमा एमालेकै संगीता भण्डारी विजयी भएकी छन् । एमालेले अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेपछि विजय उत्सव मनाउन थालिसकेको छ । निर्वाचन कार्यालयले अन्तिम मत परिणाम औपचारिक घोषणा गरेको छैन ।