१६ असार, चितवन – नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोको कारण फेरि अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारीसाधन बिचबाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोेलामा विहान सवा ८ बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । गएरातिको अविरल वर्षाका कारण खसेको पहिरो हटाउने प्रयास भइरहेको जनाएको छ । बाटो फराकिलो पार्ने काम भइरहेकाले नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक पहिरो गएर बाटो अबरुद्ध हुने गरेको छ ।