१६ असार, अछाम – अछामको मंगलसेन नगरपालिका वडा नम्बर १४ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ । कांग्रेस–माओवादी गठबन्धनलाई हराउँदै नेकपा एमालेका तेजबहादुर भण्डारी ४ सय ७८ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–माओवादी गठनबन्धनका गणेश सोडारीले ४ सय ५६ मत ल्याए भने यस्तै मेयरमा पनि एमाले अगाडि छ ।
मेयर पदमा, नेकपा एमालेः पदम बोहराः ४६५, कांग्रेस–माओवादीः चन्द्रप्रसाद ढुुङ्गनाः ३८१,उपमेयरमा,नेकपा एमालेः सरिता उपाध्यायः ४७१,कांग्रेस–माओवादीः रोहीना भण्डारीः ४६९ मत ल्याए ।
यस्तै अछामको ढकारी गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नम्बर ५ मा एमाले विजयी भएको छ । यस्तै कमलबजार नगरपालिकाको वडा नम्बर १, २ र ३ मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नम्बर ४ मा नेकपा एमाले विजयी भएको छ ।मेल्लेख गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस विजयी हुँदा रामारोशन गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्र विजयी भएको छ ।