Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

गुल्मीका ३ वडामा अध्यक्ष निर्वाचित दुई स्थानमा एमाले, एक स्थानमा कांग्रेस

Thursday, June 29, 2017 National Power

१५ असार, गुल्मी – स्थानीय तह निर्वाचन अन्तर्गत गुल्मीमा ३ वटा वडाको मतपरिणाम आएको छ। गुल्मी दरबार गाउँपालिका १ को वडा अध्यक्षमा एमालेका रामबहादुर पल्ली निर्वाचित भएका छन्।

पल्लीले ७ सय ६६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम पुनले ६ सय ५८ मत ल्याएर पराजित भए। सोही गाउँपालिकाको ७ मा नेपाली कांग्रेसका टोपबहादुर बस्नेत वडा अध्यक्षमा निर्वाचित भएका छन्।

उनले ८ सय ३० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी एमालेका खुमलाल अर्यालले ४ सय ४४ मत ल्याएर पराजित भएका थिए। यस्तै रुरु गाउँपालिकाको १ मा नेकपा एमालेका रामलाल विश्वकर्मा वडा अध्यक्षमा निर्वाचित भएका छन्।