Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

बझाङको छबिसपाथिभेरा मतगणना केन्द्रमा झडप हुँदा ५ घाइते, ९ जना पक्राउ

Thursday, June 29, 2017 National Power

१५ असार, बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिका केन्द्रमा मतगणना शुरु हुने बेला बिहीबार विहान एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा ५ जना घाइते भएका छन् ।
मतदान केन्द्र बाहिर आपसी बिबादमा घरेलु हतियार सहित झडप भएको प्रमुख जिल्ला अधिकारी केशबहादुर थापाले जानकारी दिए । उनका अनुसार झडपमा एमालेका २ कार्यकर्ता र २ जना म्यादी प्रहरी समेत घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउदै गरिएको र आक्रमणमा संलग्न ९ जनालाई पक्राउ गरिएको प्रजिअ थापाले बताए । केही धारिला हतियार समेत बरामद भएका छन् । यसैबीच बझाङमै रहेका अनेरास्ववियुका महासचिव ऐन महरले माओवादी केन्द्रका समानुपातिक सांसद जनक बुढाको नेतृत्वमा लुकेर आक्रमण भएको दावी गरे । धारिलो हतियारबाट अनेरास्ववियुका नेता सागर भट्ट र सुवास भट्ट गम्भीर घाइते भएका छन् ।