Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

कञ्चनपुरको भीमदत्त नपामा कांग्रेसको अग्रता

Thursday, June 29, 2017 National Power

१५ असार, कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकामा–१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मेयरमा कांग्रेसका पदम बोगटीले २८ मत ल्याएका छन । एमालेका सुरेन्द्र बिष्टले १८ र माओबादी केन्द्रका गोपाल रसाइलीले ३ मत ल्याएका छन ।

उपमेयरमा नेपाली कांग्रेसका शुशिला चन्दले २७, एमालेका माया जोशीले १६, माओवादी केन्द्रका नारु सिंहले २ र राप्रपाका खन्जर देवी कुँवरले २ मत ल्याए ।

बेदकोट नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका अशोक चन्दले ३० मत ल्याएका छन । यस्तै माओवादी केन्द्रका मिनराज गिरीले २६ र कांग्रेसका भोजराज बोहराले १९ मत ल्याएका छन । उपमेयरमा एमालेले ३१, माओवादी केन्द्रका २८ र कांग्रेसले १८ मत ल्याएको छ ।