१५ असार, इलाम – इलामको देउमाई नगरपालिकामा सर्वदलीय बैठक स्थगित भएको छ । इलामको देउमाई नगरपालिकामा ९४ थान अर्धकट्टीसहितको मतपत्र भेटिएपछि विवाद भएको देउमाई नगरपालिकाका निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले जानकारी दिए ।
अहिले सर्वदलीय बैठक खाना खाइसकेसम्मको लागि स्थगित गरिएको छ । निर्वाचन अधिकृत दाहालका अनुसार देउमाई नगरपालिका वडा नं. ३ को महेन्द्रोदय आधारभूत विद्यालय गाग्रेभञ्ज्याङ्ग (क) मतदान केन्द्रको मतपेटिकामा ९४ थान अर्धकट्टीसहितको मतपत्र भेटिएको हो । यो मतपत्रलाई गन्ने की नगन्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।