Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

बैतडीको पुरचौंडी नपा–१ मा कांग्रेसको प्यानल विजयी

Thursday, June 29, 2017 National Power

१५ असार, बैतडी – बैतडीको पुरचौंडी नगरपालिका–१ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । वडा नं १ मा नेपाली कांग्रेसका गणेशबहादुर गडाल ४२९ मत ल्याएर प्यानलसहित विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका जनकबहादुर धानुकले ३६० मत ल्याए ।

दलित महिला सदस्यमा नेपाली कांग्रेसका राधिका ओडले ४२६, महिला सदस्यमा विन्देश्वरी जोशीले ३८१, खुल्ला सदस्यमा नेपाली कांग्रेसकै जगतसिंह भण्डारी ४११ र हिक्मत जागरीले ४२४ मत ल्याएर विजयी भएका छन ।

पुरचौडी नगरपालिकाको वडा नं १ को मतगणना सकिएपछि अहिले वडा नं १० को मतगणना भइरहेको छ । पुरचौडी नगरपालिकाको मेयर र उपमेयरमा पनि कांग्रेसकै अग्रता छ । मेयरमा कांग्रेसका दीपकबहादुर बमले ४५९, नेकपा माओवादी केन्द्रका रणबहादुर कुँवरले २८३, नेकपा एमालेका कर्णबहादुर कुँवरले १०९ मत ल्याएका छन । यसैगरी उपमेयरमा कांग्रेसका उत्तरा नेपाल सार्कीले ३८१, एमालेका जानकी साउदले ६८ र नेकपा माओवादी केन्द्रका जानकी ऐर बमले ३६४ मत ल्याइन।