१५ असार, बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका परणबहादुर चन्द विजयी भएका छन । उनले ४ सय ९२ मत ल्याएर विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जमनसिंह साउदले ३ सय २५ मत ल्याए । वडा नम्बर १ मा एमालेका चन्दको प्यानल नै विजयी भएको हो । अहिले पञ्चेश्वरको वडा नं ६ को मतगणना भइरहेको छ ।
गाउँपालिका अध्यक्षमा एमालेले अग्रता लिएको छ । अध्यक्षमा एमालेका गोरखबहादुर चन्दले ५ सय ४२, नेपाली कांग्रेसका दिनेशबहादुर चन्दले ३ सय १० र माओवादी केन्द्रका रमेशबहादुर चन्दले ३ सय ९८ मत ल्याएका छन। राप्रपाका विरेन्द्रबहादुर चन्दले १२ मत ल्याउएका छन ।