Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

मतपेटिकामा एसिड खसालेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ

Wednesday, June 28, 2017 National Power

१४ असार, रोल्पा – रोल्पा नगरपालिका १० धबाङको भनभने मतदान केन्द्रमा मतपेटिकामा एसिड खसालेको आरोपमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन्।

एसिड राखेको मतपत्र भेटिएको आधारमा नेकपाका कार्यकर्ता वीरे ओली पक्राउ परेका हुन्। बिहान साढे ९ बजे मतपेटिकामा धुँवा उड्न शुरु भएपछि मतदान कार्य स्थगित गरिएको थियो। सदरमुकाम लिबाङदेखि करिब ५ घण्टाको पैदल दुरीमा रहेको भनभनेको मतदान केन्द्रमा मतपेटिकाभित्र आगलागी भएपछि उक्त मतपेटिका शिल गरिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।

सुरक्षाकर्मी र निर्वाचनको टोली र सर्वदलीय सर्वपक्षीयको छलफल पश्चात दिउसोबाट पुनःमतदान शुरु भएको निर्वाचन कार्यालय रोल्पाका प्रमुख लिलु गिरीले बताइन्। एसिड हाल्ने आरोपमा पक्राउ परेका ओलीलाई भने निगरानीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।