Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

डोटीमा ४० प्रतिशत मतदान सम्पन्न

Wednesday, June 28, 2017 National Power

१४ असार, डोटी – डोटीमा अहिलेसम्म ४० प्रतिशत मत खसेको छ । डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा ४० प्रतिशत मतदाताले मतदान गरेका छन् । जिल्लामा कुल एक लाख एक हजार २१ जना मतदाता छन् । १० वटा मतदान केन्द्र अतिसंवेदनशिल क्षेत्रका रुपमा तोकिएका छन । अतिसंवेदनशिल मतदान केन्द्रमा सुरक्षाको व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
बिहानैदेखि सुदूरपश्चिम पृतनाको नेपाली सेनाको स्पेशल फोर्स खटिएको छ । डोटीमा रहेको सेनाको युद्ध भैरवको टोलीले बिहानैदेखि गस्ती समेत गरिरहेको छ । सुदूरपश्चिमको कैलाली, कञ्चनपुर तथा अछाम जिल्लामा नचिनेका मान्छेको समूहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको सुदूरपश्चिम पृतना हेडक्वाटर दिपायल राजपुरले जनाएको छ ।