१४ असार, दाङ – दाङको तुलसीपुरस्थित एक मतदान केन्द्र नजिकै बम विष्फोट भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अन्तरगत अम्बास मतदान केन्द्रको एक सय मिटर नजिकै विष्फोट भएको हो ।
विष्फोट पछि केहीबेर मतदान रोकिए पनि अहिले निर्वाधरुपमा मतदान चलिरहेको छ ।
विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । बिहान करिब साढे ९ बजेतिर बम विष्फोट भएपछि ठूलो आवाज सुनिएको थियो भने धुवाँको मुस्लो देखिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
घोराही उपमहानगरपालिका-१० गिठेपानीमा पनि बिष्फोटक पदार्थ भेटिएको सूचना पाएपछि सुरक्षाकर्रमीको टोली त्यसतर्फ गएको छ ।