Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

दार्चुलामा १०५ वर्षकी वृद्धाद्वारा मतदान सुरु

Wednesday, June 28, 2017 National Power

१४ असार, दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ को भूमिराज आधारभूत विद्यालय तौकि मतदान केन्द्रमा १ सय ५ वर्षकी वृद्धाले मतदान गरेसँगै मतदान सुरु भएको छ ।

१ सय ५ वर्षकी कलशी भट्टले मतदान गरेर मतदान प्रकृया सुरु गरेका छन । त्यस्तै महाकाली नगरपालिका–९ को गडिभवन मावि थाप्लामा ८५ वर्षकी टीकादेवी सामन्तले मतदान गरेसँगै मतदान प्रकृया सुरु भएको छ ।

महाकाली नगरपालिकाकै वडा नम्बर ४ को महेन्द्र मावि खलंगामा अपांगता भएका प्रमोद सिंह कुवँरले मतदान गर्दै मतदान प्रकृया सुरु गरेका छन ।