Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

बैतडीमा ११३ र १०३ वर्षका वृद्धले गरे मतदान

Wednesday, June 28, 2017 National Power

 

१४ असार, बैतडी – बैतडीको चर्नाया गाउँपालिकामा ११३ वर्षका पशुपति साउदले मतदान गरेका छन । उनले भूमिराज निमावि मतदान केन्द्रबाट मतदान गरेका हुन।

यस्तै बैतडीकै राष्ट्रिय मावि फातीगढा मतदान केन्द्रबाट १०३ वर्षका हरिजीत साउदले पनि मतदान गरेका छन । गाउँको विकासका लागि सकी नसकी मतदान केन्द्रमा आएर भोट हालेको ११३ वर्षका पशुपति साउदले बताए। बैतडीमा अहिले घाम लागिरहेकाले मतदाताहरु उत्साहका साथ मतदान केन्द्र जाँदैछन् ।

बैतडीको ४ नगरपालिका र ६ गाउँपालिकाका लागि ४ सय ४० पदका लागि १ हजार ७ सय ४ जना चुनावी मैदानमा छन् । बैतडीका १ सय ७४ मतदान स्थलमा मतदान भइरहेको छ । प्रदेश नं। ७ को बैतडीमा १ लाख २५ हजार २ सय ८३ जना मतदाता छन् ।