Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

मतदान केन्द्र टाढा भएका मतदाता घरबाट हिँड्न थाले

Wednesday, June 28, 2017 National Power

१४ असार, काठमाडौं – बुधबार बिहान ७ बजेदेखि सुरु हुने मतदानको लागि मतदाता घरबाट हिँड्न थालेका छन् । प्रदेश नं। १, ५ र ७ का मतदातामध्ये कतिपयको मतदान केन्द्र घर नजिकै छ भने धेरैलाई मतदान केन्द्र पुग्न घण्टौं हिँड्नुपर्छ । त्यसैले धेरैजसो मतदाता भोट दिनको लागि बिहानै घरबाट हिँडेका हुन् ।

दिउँसो पानी पर्ने भएकाले समयमै मतदान गर्न मौसमविदले पनि सुझाव दिएका छन् । कतिपय ठाउँमा चाहिँ बिहानैदेखि पानी परिरहेको छ । दिउँसो खेती किसानीको काम गर्नुपर्ने भएकाले पनि धेरै मतदातालाई बिहानै मतदान केन्द्रमा पुगेर भोट दिनुपर्ने भएको छ । २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा सहभागी भएर जनप्रतिनिधि चुन्ने अवसर सदुपयोग गर्न सबै मतदाता उत्सुक छन् ।

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म लाइनमा बसेका मतदाताले मतदान गर्न पाउनेछन् । आयोगले भोट खसाल्न मतदाता परिचय पत्र बोकेर सम्बन्धित मतदान केन्द्रमा जानुपर्ने तर कुनै कारणले परिचय पत्र छुटे वा नलगे आफ्नो फोटो भएका अरु सरकारी कागजात देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको जनाएको छ । आयोगले सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क हुन आग्रह गरेको छ ।

सरकारले चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशमा बुधबार सार्वजनिक बिदा दिएको छ । १५ हजार ३८ जना प्रतिनिधि चयनका लागि ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीन प्रदेशका ३५ जिल्लामा हुने मतदानमा ६४ लाख ३२ हजार ७ सात ६५ मतदाता छन् । चुनावमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएका छन् ।