Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

मृत भेटिएको महिलाबारे गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै पूर्व जर्नेल फुदुङमाथि कुटपिट

Tuesday, June 27, 2017 National Power

१३ असार, इटहरी – आफ्नै घरमा मृत भेटिएको महिलाबारे गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै पूर्व जर्नेल एवं माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि कुटपिट भएको छ ।

कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । प्रहरीले उनको उद्दार गरी उपचारका लागि लगेको छ । फुदुङलाई पक्राउ नगरेको भन्दै स्थानीय बासी उनको घर घेराउ गर्न गएका थिए । त्यस क्रममा केही मानिस घरभित्र पसेर उनलाई कुटपिट गरेका थिए । उनलाई लछारपछार गर्दै घरबाट बाहिर निकालेको अवस्थामा प्रहरीले उद्दार गरेको हो।

फुदुङको घर परिसर निकै ठूलो छ र बगौंचा पनि छ । त्यहाँ केही समय अघि रिपोर्ट समेत सञ्चालनमा थियो । त्यसबेला रिसोर्टमा काम गर्ने रञ्जु (सूजिता) ठकुरी आइतबार मृत भेटिएकी थिइन् ।उनको माछा पोखरीमा डुबेर मृत्यु भएको भनिएको छ । तर, कपडा समेत नभिजेको र शरीरमा निलडाम रहेको भन्दै स्थानीयबासीले मृत्यु शंकास्पद भएको बताएका छन्