Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

मृत भेटिएको महिलाबारे गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै पूर्व जर्नेल फुदुङमाथि कुटपिट

Tuesday, June 27, 2017 National Power

१३ असार, इटहरी – आफ्नै घरमा मृत भेटिएको महिलाबारे गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै पूर्व जर्नेल एवं माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि कुटपिट भएको छ ।

कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । प्रहरीले उनको उद्दार गरी उपचारका लागि लगेको छ । फुदुङलाई पक्राउ नगरेको भन्दै स्थानीय बासी उनको घर घेराउ गर्न गएका थिए । त्यस क्रममा केही मानिस घरभित्र पसेर उनलाई कुटपिट गरेका थिए । उनलाई लछारपछार गर्दै घरबाट बाहिर निकालेको अवस्थामा प्रहरीले उद्दार गरेको हो।

फुदुङको घर परिसर निकै ठूलो छ र बगौंचा पनि छ । त्यहाँ केही समय अघि रिपोर्ट समेत सञ्चालनमा थियो । त्यसबेला रिसोर्टमा काम गर्ने रञ्जु (सूजिता) ठकुरी आइतबार मृत भेटिएकी थिइन् ।उनको माछा पोखरीमा डुबेर मृत्यु भएको भनिएको छ । तर, कपडा समेत नभिजेको र शरीरमा निलडाम रहेको भन्दै स्थानीयबासीले मृत्यु शंकास्पद भएको बताएका छन्