Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

राज्यले कर्णालीलाई राजमार्ग होईन मृत्यु मार्ग बनायो

Tuesday, June 27, 2017 National Power

१३ असार, कालिकोट – राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रिय सचिव बिष्णु रोकायाले राज्यले कर्णालीलाई हरेक क्षेत्रमा उपेक्षा गरेको भन्दै आक्रोश पोखेका छन् । कर्णालीको लागि विभिन्न माध्यम बाट आवाज उठाउदै आएका रोकायाले राज्यले कर्णालीलाई बसौदेखी सौतेनी आमाको व्यबहार गर्दै आएको भन्दै अब कर्णालीको हक र अधिकारको लागि निणयक आन्दोलन गर्ने बताए । कर्णालीमा अथाह सम्भावना हुदाहुदै पनि राज्यले उचित ध्यान नदिदा त्यसको सहि सदुपयोग हुन नसकेको वताए ।

ठुला राजनितीक दलले जनतामा विभिन्न खाले जाल,झेल र झुठा सपना बाडेर भोट मागेर जितेपनी जनताको पिडालाइ र त्यस ठाउँको यथार्थलाई सम्बोधन गर्न नसकेको वताए । पछिल्लो समय यातायातको सुबिदा पुगेपनी राज्यले कर्णालीका जनतालाई भुलाउन राजमार्ग नभई गोरेटो मृत्युमार्ग मात्र निर्माण गरेको वताए।

सुर्खेत देखी जुम्ला सम्मको राजमार्ग केबल गोरेटो बाटो मात्र भएको र बाध्यताका कारण गाडी चलाएर जनताले मृत्युको धार बाट यात्रा गर्नु परेको रोकायले वताए । उनका अनुसार राजमार्ग भनेको यात्राको लागि ब्यबस्थित र सुरक्षित हुनुपर्ने हो तर कर्णाली राजमार्ग न्यूनतम मापदण्ड पनि पुरा नगरी जनताको आखामा छारो हाल्नको लागि बनाएका कारण आज कैयौं जनताले अकालमै ज्यान गुमाउनु परेको गुनासो हामीसंग रोकायले पोखेका छन् ।

राजमार्गमा बस चलेदेखी कैयौ जनताले अकालमै ज्यान गुमाउनु परेको भन्दै राज्यले कर्णालीलाई राजमार्ग नभै मृत्युमार्ग बनाएको आरोप उनलेलगाएका छन् । हरेक पटक घर जादा सुर्खेत देखी घर नपुगुन्जेल जिबनको अन्त्य कहानेर हुनेहो भन्ने पिरले पिरोली रहने अवस्था आम जनताकोरहेको छ । गरिब र कममजोरलाई राज्यले साथ दिनुको सट्टा उपहास गरेको भन्दै अब नयाँ पुस्ताले कर्णालीका हरेक मुद्दालाई राज्यले सिधा तरिकाले नसुने आन्दोलनको विकल्प नरहेको रोकायले वताए।

कर्णाली राजमार्गको स्तरोन्नति र फराकिलो बनाउन राज्यले उचित ध्यान दिन आवश्यक रहेको महशुसआम सर्वसाधरणले गरेका छन् र । रोकाय अगाडी भन्नुहुन्छ आज ढुक्क भएर कसैलेपनी गाडी चडेर हिड्ने अवस्था नभएको भन्दै राज्यले कर्णाली राजमार्ग सुरक्षित र ब्यबस्थित बनाउन नेपाल सरकारले तुरुन्त तदारुकता देखाउन रोकायाले सरकारसंग माग समेत गरेका छन्।