१३ असार, झापा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिव सताक्षी नगरपालिका सडकखण्डको माइपुलमा स्कुटर ओभरटेक गर्न खोज्दा दुर्घटनामा परेर एक व्यक्तिको ज्यान गएको छ ।
ज्यान जानेमा शिवगञ्ज–७ निवासी ३२ वर्षका विजय लावती रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।सोमबार दिउँसो पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ७ प २३२९ नम्बरको स्कुटरले सोही दिशाबाट आउँदै गरेको बा ३२ प ६६१३ नम्बरको स्कुटरलाई ओभरटेक गरेर अगाडि बढ्दा विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३९१४ नम्बरको बससँग ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मे ७ प २३२९ नम्बरको स्कूटरका चालक लावतीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।