१२ असार, भोजपुर – भोजपुरको अरूण गाउँपालिकामा तीन बालबालिका मृत अवस्थामा भेटिएका छन् । आइतबारदेखि हराएको बालबालिका सोमबार बिहान प्याउली नजिकैको पोखरीमा मृत अवस्थामा भेटिएका हुन् ।
पोखरीमा १४ र १३ का दुई बालक र १२ वर्षकी बालिका मृत अवस्थामा भेटिएको स्थानीय बासिन्दाले बताएका छन् । घटना कसरी भएको भन्ने बारे जानकारी नभएको र घटना शंकास्पद देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
थप अनुसन्धनको लागि सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेसहितको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।