Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

Monday, June 26, 2017 National Power

१२ असार, मोरङ – मोरङका दुई छुट्टाछुट्टै स्थानमा गएराति दुई जना मृत फेला परेका छन्। रङ्गेली नगरपालिका–९ वनकोलस्थित रंगेली–दोहमना भित्री सडक किनारमा आइतबार राति स्थानीय ६० वर्षीय पहाडचन राजवंशी मृत अवस्थामा फेला परेका हुन्। अनुहार र घाँटीमा चोट देखिएका उनलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाका विषयमा अनुसन्धान सुरु गरिएको इप्रका रंगेलीका प्रहरीले जानकारी दिए। यस्तै गएराति नै मोरङको बेलबारी नगरपालिका–१० भाउन्ने जंगललमा पहिचान नखुलेकी अन्दाजी २२ वर्षीया एक महिला मृत अवस्थामा भेटिएकी छिन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली खटी अनुसन्धान सुरु गरेको छ।