Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

Monday, June 26, 2017 National Power

१२ असार, मोरङ – मोरङका दुई छुट्टाछुट्टै स्थानमा गएराति दुई जना मृत फेला परेका छन्। रङ्गेली नगरपालिका–९ वनकोलस्थित रंगेली–दोहमना भित्री सडक किनारमा आइतबार राति स्थानीय ६० वर्षीय पहाडचन राजवंशी मृत अवस्थामा फेला परेका हुन्। अनुहार र घाँटीमा चोट देखिएका उनलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाका विषयमा अनुसन्धान सुरु गरिएको इप्रका रंगेलीका प्रहरीले जानकारी दिए। यस्तै गएराति नै मोरङको बेलबारी नगरपालिका–१० भाउन्ने जंगललमा पहिचान नखुलेकी अन्दाजी २२ वर्षीया एक महिला मृत अवस्थामा भेटिएकी छिन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली खटी अनुसन्धान सुरु गरेको छ।