Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

कुमाल महिला र एकल महिलाहरुलाई आधुनिक र उन्नत जातको कुखुराबाट आम्दानी बढाउन सहयोग

Monday, June 26, 2017 National Power

१२ असार, बागलुङ– सत्कर्म नेपाल, आमा मिलन केन्द्र र महिला मानव अधिकार रक्षक संजालको आयोजनामां सांसद क्षेत्र बिकास कार्यक्रम अन्तरगत जिल्ला समन्वय समितिको सहयोगमा पशुपंक्षिमुलक आयआर्जन क्षमता बिकास तथा कुखुरापालन सहयोग दुई दिने कार्यक्रम बुर्तिवाङमा सम्पन्न भयको छ । ढोरपाटन वार्ड नं. एक र दुई बुर्तिवाङको अल्पसंख्यक कुमाल महिला र एकल महिलाहरु गरि ६० जना महिलाहरु आधुनिक कृषि तथ मुखुरापालन तर्फ अग्रसर भई आम्दानी बढाउन र अर्थोपार्जन गर्न क्षमता बिकास र कुखुरापालन तालिम तथा उन्नत जातको कुखुरापालन सुरु गरेका छन ।


समाजको पिंधमा रहेको दोस्रो दवर्जामा गरिएका सिमान्तकृत बिभेदपुर्ण व्यवहार ब्यहोर्नु परेको दलित एकल महिला र अलपसंख्यक कुमाल महिलाहरुलाई आधुनिक कृषि प्रबिधि अप्नाई अर्थोपार्जन शुरु गर्न सीप बिकास र बिउबिजन तथा उन्नत जातका कुखुरा सहयोग गरेको सत्कर्म नेपालका अधिकारकर्मी एवं अभियन्ता, सिताराम थापाले बताए ।
यसै गरि वार्ड सदस्य कुमाल गौमती कुमाल र सदस्य पानमति रामदामले हामीले परम्परागत कुखुरापालन ब्याबसाय शुरु गरेता पनि आधुनिक र उन्नत जातको कुखुरा पालि आम्दानी बढाउन सहयोग पुग्ने उनीहरुले बताए ।
सो अवसरको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद ज्ञान कुमारी छन्त्यालले गरिब दलित, एकल र अल्पसंख्यक महिलाहरुले ब्याबसाय गरि महिलाहरुलाई आत्मनिर्भर हुन सहयोग पुर्याउने बताए । उनले दुई समुहमां पाचसय उन्नत दुई हप्ता पुगेको जातको कुखुरा चल्ला बितरण गरेका थिए ।उन्नत आधुनिक खेती, कुखुरापालन प्रबिधि र सीप बिकासबारे प्रशिक्षण सत्कर्म नेपालका सिताराम थापाले गरेका थिए । कार्यक्रममा पत्रकार, नागरिक समांज, लक्षित समुहका प्रतिनिधिहरु र अगुवाहरुको उपस्थितिमा गरिएको थियो ।आयोजक संस्थाको अध्यक्ष ज्ञानु थापा मगरको अध्यक्षतामा संचालन दिलमाया पौबि, कार्यकमको उद्येश्य र स्वागत अभियन्ता सिताराम थापाले गरेका थिए । सिमान्तकृत महिलाहरु अर्थोपार्जनमा लागि परेको सहभागीहरुले बताए ।