Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

जर्मनी सेमिफाइनलमा

Monday, June 26, 2017 National Power

१२, असार – विश्व विजेता जर्मनी फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा पुगेको छ । रुसमा भइरहेको प्रतियोगिता अन्तर्गत आइतबार राति भएको समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा जित निकाल्दै जर्मनीले समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । जर्मनीले क्यामरुनलाई ३–१ ले हराएको हो । जर्मनीको जितमा टिमो वेर्नेरले दुई तथा केरेम डेमिरबेले एक गोल गरे । क्यामरुनका लागि विन्सेन्ट अबुबाकरले एक गोल फर्काए । पहिलो हाफमा गोल गर्न नसकेको जर्मनीका लागि ४८ औं मिनेटमा डेमिरबेले पहिलो गोल गरे । ६६ औं मिनेटमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । ७८ औं मिनेटमा अबुबाकरले क्यामरुनका लागि एक गोल फर्काए । तर त्यसको तीन मिनेटपछि वेर्नेरले व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनी ३–१ ले विजयी भयो । जितपछि तीन खेलबाट सात अंक जोडेको जर्मनी समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । तीन खेलबाट एक अंक मात्रै जोडेको क्यामरुन भने प्रतियोगिताबाट बाहिरिएको छ । जर्मनीले फाइनल प्रवेशका लागि समूह ‘ए’ को उपविजेताको रुपमा अन्तिम चारमा आएको मेक्सिकोसँग प्रतिस्पर्धा गर्ने छ । यी दुवै बिचको खेल बिहीबार सोचीमा हुनेछ ।