Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

क्यान्सर रोगबाट पीडित एमाले सांसद लिम्बूको निधन

Sunday, June 25, 2017 National Power


११ असार, धनकुटा – एमाले सांसद महिन सुब्बा लिम्बूको निधन भएको छ। क्यान्सर रोगबाट पीडित लिम्बूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार निधन भएको हो। धनकुटाको साँगुरीगढी गाउँपालिका–२ घर भएकी लिम्बू समानुपातिक तर्फबाट संसदमा प्रतिनिधित्व गर्थिन्। उनी एमाले केन्द्रीय सदस्य हुन्। गाविस महासंघको केन्द्रीय अध्यक्षसमेत रहिसकेकी लिम्बू अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव पनि हुन्। उनका श्रीमान्, दुई छोरी र एक छोरा छन्। श्रीमान भारतीय सेनामा कार्यरत छन्। लिम्बूको आइतबार धनकुटामा अन्त्येष्टि गरिने एमालेले जनाएको छ।