११ असार, गुल्मी – यहि असार १४ गते हुन गइरहेको स्थानीय तहको चुनावमा गुल्मीका चारजना केन्द्रीय नेता मतदान प्रक्रियामा सहभागी हुने भएका छन् । केन्द्रीय नेताहरु प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, चन्द्र भण्डारी र शुवर्ण ज्वारचन अलग अलग गाउँपालिकाबाट मत दिँदैछन् ।
एमालेको तर्फबाट पार्टी सचिवद्वय प्रदिप ज्ञवाली र गोकर्ण विष्ट रहेका छन भने नेपाली काँग्रेसको तर्फबाट केन्द्रीय सदस्य चन्द्र भण्डारी र पूर्व बाणिज्य राज्य मन्त्री शुवर्ण ज्वारचन रहेका छन ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेशबहादुर खत्रीका अनुसार ज्ञवालीले रुरु गाउँपालिका अन्तर्गत ज्ञवाली बलेटक्सार मावि केन्द्र र विष्टले ईस्मा गाउँपालिका अन्तर्गत दोहोलीको रामराज्य मावि मतदान केन्द्रबाट मतदान गर्दै छन ।
त्यसैगरि अर्का केन्द्रीय नेता भण्डारीले छत्रकोट गाउँपालिका अन्तर्गत जनजागृति मावि हुँगा र पूर्व राज्यमन्त्री ज्वारचनले सत्यवती गाउँपालिका अन्तर्गत ज्ञानोदय प्रावि चेँगावाट मतदान गर्ने तयारी छ ।