११ असार, चितवन – गएरातिदेखि अवरुद्ध भएको मुग्लिन–नाराणगढ सडकखण्ड अझै खुलेको छैन । यो सडकखण्ड अन्तर्गत सिमलटार, कालीखोला र चार किलोमा पहिरो जाँदा बाटो खुलाउन समस्या भएको छ ।
पहिरो पन्छाउने काम भइरहेको छ तर अझै ३-४ घण्टा लाग्ने मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाले जनाएको छ । पहिरो खस्दा रातिदेखि यो सडकखण्ड अवरुद्ध छ । हजारौँ गाडी बिच बाटोमा अलपत्र परेका छन् भने यात्रुहरुले सडक छेउछाउ र गाडी भित्र रात बिताएका छन् ।
पहिरोका कारण गाडीको लामो लाइन लागेको छ । गाडी कतिबेला चल्ने र सुरक्षित गन्तव्यमा पुग्ने नपुग्नेमा यात्रु अन्यौलमा परेका छन् । गएको शुक्रबार कालीखोलामा गएको पहिरोले प्रहरीको भ्यान बगाएको थियो । दुई प्रहरीको शव भेटिए पनि दुईको अझै अवस्था पत्ता लागेको छैन ।सामान्य झरी पर्दा पनि पहिरो खसेर बाटो अवरुद्ध हुन थाले पनि यात्रुहरु त्रसित बनेका छन् । यो बाटो हुँदै दोस्रो चरणको चुनावमा भोट हाल्न गाउँघर जानेहरु समेत बाटोका कारण अलमलमा परेका छन् । आयोजनाले भने जोखिम बढेकाले वैकल्पिम मार्ग प्रयोग गर्न आग्रह गर्दै आएको छ ।