Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

मतदान अधिकृतको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु

Saturday, June 24, 2017 National Power

१० असार, कैलाली – टीकापुर नगरपालिकाको खड्क स्मृति मतदान केन्द्रमा अधिकृत नृपराज भट्टराईको मोटरसाइकल दुर्घटनामा परि ज्यान गएको छ ।

५१ वर्षका भट्टराई स्थानीय तह निर्वाचनमा निर्वाचन अधिकृत भई शुक्रबार निर्वाचन सामग्री बुझ्न धनगढी आउँदै गरेको बेला अत्तरिया नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए ।

खुट्टामा गम्भीर चोट देखिएका भट्टराईलाई उपचारका लागि लखनऊ लैजादै गर्दा बाटैमा प्राण गएका उनका आफन्तले जानकारी दिएका छन् । २०५१ सालदेखि शिक्षण पेशामा रहेका भट्टराई मुक्त कमैया प्रावि टीकापुरका प्रधानाध्यापक हुन् ।