Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

दोश्रो चरणको चुनावका लागि आजसम्ममा सबै केन्द्रमा निर्वाचन अधिकृत पुग्ने

Saturday, June 24, 2017 National Power

१० असार, काठमाडौं – स्थानीय तहको दोश्रो चरणको चुनावका लागि शनिबारसम्ममा सबै निर्वाचन केन्द्रमा निर्वाचन अधिकृत पुगिसक्ने भएका छन् । चुनावका लागि निर्वाचन अधिकृत खटिइसकेको र शनिबार बेलुकासम्म सबै केन्द्रमा पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले टाढा मतदान केन्द्र भएका जिल्लामा चुनावका लागि आवश्यक सामग्री लिएर सबै कर्मचारीको टोली खटिइसकेको जानकारी दिए ।आयोगले दोश्रो चरणमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएको जानकारी दिएको छ । असार १४ गते हुने चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि चुनिनेछन् ।

दोस्रो चरणमा एक महानगरपालिका, सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका, २ सय १५ गाउँपालिका गरी ३ सय ३४ वटा स्थानीय तहमा चुनाव हुँदैछ । यसपटकको चुनावमा ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको चुनावका लागि ४ हजार ५ सय ८१ मतदानस्थल, ८ हजार ३ सय ६४ मतदान केन्द्र कायम गरिएको छ ।