Tuesday 18th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

ब्रिटीस काउन्सिल र अर्बिटबीच आइईएलटीएस रजिष्ट्रेशन गर्ने अनुमती

Friday, June 23, 2017 National Power

९ असार, काठमाडौं – मेडिकल प्रवेश परीक्षाको तयारी कक्षा संचालन गर्दै आएको अर्बिट मेडिकल इन्ट्रान्स प्रिपिरेसन पुतलीसडकले आइईएलटीएसबारे रजिष्ट्रेशन गर्ने अनुमती पाएको छ ।

हालै निजी क्षेत्रको यस संस्था र ब्रिटीस काउन्सिलबिच आइईएलटीएस रजिष्टे«शन सम्बन्धि सम्झौता भएको हो । राजधानीमा आयोजित एक समारोहमा अर्बिटका तर्फबाट अर्बिटका अध्यक्ष सुनिल रेग्मी र ब्रिटीस काउन्सिलका प्रतिनिधि जिमओ निलले हस्ताक्षर गरेका थिए ।

अब विद्यार्थीहरुले एजुकेशन हब मानिने पुतलीसडकमा रहेको अर्बिटमा पुगेर आइईएलटीएस रजिष्ट्रेशन गर्न सक्ने छन् । यस्को शुल्क १६ हजार ९ सय ५० तोकिएको छ ।काउन्सिल जस्तै अष्ट्रेलियन संस्था आईडीपी नेपाली बजारमा ओर्लिएसंगै विश्वभर अंग्रेजी भाषाको प्रवद्र्धन गर्ने ब्रिटीस काउन्सिले थप प्रतिष्प्रर्धा सामना गर्नु परेको छ । काउन्सिलले अर्बिटअघि नबिल बैंक, शैक्षिक परामर्शदाताहरुको छाता संगठन इक्यान, आइरिन र फेकोनले पनि दर्ता अनुमती दिएको थियो ।