Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

ट्रक दुर्घटना हुँदा तीनको मृत्यु

Friday, June 23, 2017 National Power

९ असार, धादिङ – पृथ्वी राजमार्ग अन्तरगत जोगिमाराको हुग्दी खोलामा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३१२३ नम्बरको ट्रक हुग्दी खोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। दुर्घटनामा ट्रक चालक बारा जिल्ला गढीमाई निवासी नरबहादुर खत्री, सहचालक जीवन लामा र ट्रकमा सवार एक यात्रु संजू राइको ज्यान गएको हो । अत्याधिक गतीमा गुडेको ट्रक सडकबाट खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।