Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

गाई काटेर खाने तीन जना पक्राउ

Thursday, June 22, 2017 National Power

८ असार, गुल्मी – प्रहरीले गुल्मीमा गाई काटेर खाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। रुरु गाउँपालिका ५ बम्घा सौरकोटका ५२ वर्षीय डम्बर सार्की, ६३ वर्षीय सन्तबहादुर नेपाली र उनका छोरा २६ वर्षीय अम्मरबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले मिलेर सोमबार राति पौने आठ बजे गाई काटेको देखिएको श्रृङ्गा प्रहरी चौकी इन्चार्ज मुक्तिप्रसाद पुनले जानकारी दिए। गाउँको एक घरमा बाच्छी दान गर्ने भनेर पत्नीलाई ढाँटेर गाइ काटेको प्रहरीले जनाएको छ। गाई काटेको थाहा पाएपछि डम्बरकी श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन्। घटनाको मुचुल्का तयार पारेर प्रहरीले डम्बर र सन्तलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । उनीहरुलाई कसुर ठहरिएमा मुलकी ऐनको चौपाया सम्बन्धी महलको ११ अनुसार १२ बर्ष कैद सजायँ हुने कानुनी व्यवस्था रहेको बताए। उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।