Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

राप्रपाका अध्यक्ष पदका उम्मेदवारमाथि साङ्घातिक आक्रमण

Thursday, June 22, 2017 National Power

८ असार, इटहरी – दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राप्रपाबाट इटहरी उपमहानरपालिका– ९ का वडा अध्यक्ष पदका उम्मेदवार श्याम पोख्रेलमाथि गएराति आक्रमण भएको छ ।

इटहरी– ८ स्थित आफ्नो घरतर्फ जाँदै गर्दा गएराति ९ः३० बजे उनीमाथि साङ्घातिक आक्रमण भएको हो । कालो रङ्गको पल्सर मोटरसाइकलमा आएका तीन जनाको समूहले उनलाई रोकेर मासु काट्न प्रयोग गरिने दाउबाट प्रहार गरि फरार भएको पीडित पोख्रेलले बताए । दाउको प्रहारबाट पाख्रेलको ढाडमा चोट लागेको उम्मेदवारका दाजु एवम् राप्रपा इटहरी नगरसभापति राम पोख्रेलले जानकारी दिए । उम्मेदवार पाख्रेलमाथि आक्रमण गर्नेको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।