Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

डी मारियाले २२ करोड ९६ लाख जरिवाना तिर्ने

Thursday, June 22, 2017 National Power

८, असार – पेरिस सेन्ट–जर्मेनका खेलाडी एन्जल डी मारियाले स्पेनमा आफूविरुद्ध चलिरहेको कर छलीको मुद्दा सल्ट्याउन २० लाख युरो (२२ करोड ९६ लाख रुपैयाँ) जरिवाना तिर्ने भएका छन् । कर छलीको मुद्दामा अर्जेन्टिनका डी मारिया २० लाख युरो जरिवाना तिर्न तयार भएको स्पेनिस अधिकारीले बताएका छन् । डी मारिया आफ्नो तस्बिरको अधिकारबाट भएको आम्दानीको कर नतिरेको आरोपमा दोषी ठहरिने भएका हुन् ।

उनले रियल मड्रिडमा रहेका बेला सन् २०१२ देखि २०१३ सम्ममा आफ्नो तस्बिरको अधिकारबाट भएको आम्दानीको कर नतिरेको आरोप छ । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी डी मारिया स्पेनमा कर छलीको आरोप मुद्दा झेलिरहेका हाइ–प्रोफाइल खेलाडी तथा प्रशिक्षक मध्ये एक हुन् । स्पेनिस अधिकारीले म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो तथा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि पनि कर छलीको आरोप दर्ता गरेका छन् । तर दुवै जनाले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् ।