७ असार, काठमाडौँ – सञ्चारकर्मी जनक ताम्राकारको पहिलो गीत जुनकिरीको म्युजिक भिडियो सार्वजनिक भएको छ । जनकका दाजु महेश ताम्राकारको शब्द, संगित रहेको जुनकिरीमा नायिका निता ढुंगाना, मोडल सनम कठायत र कम्पोजर महेश ताम्राकारको समेत अभिनय छ ।
डोटेली भाषाको फ्लेबर पाउन सकिने यस गितको म्युजिक भिडियोमा महेश सनमको घर पुगेको बेला निता र सनम बिच चस्मा बिबादले दरार आउदा निता छुट्टै बस्छीन । त्यसपछि महेशले नै दुबै जनालार्इ सम्झाइ बुझाइ गरेपछि निताले र सनमले एक अर्का संग माफि मागेको टुईस्ट पाउन सकिन्छ ।
यस म्युजिक भिडियोलाई शसन कँडेलले निर्देशन गरेका हुन् भने खिम मगरले यस म्युजिकलाई निमार्ण गरेका हुन् । डडेल्धुराको अमरगढी नगरपालिकामा स्थायी घर भएका ताम्राकार बन्धुले नेपाली सांगीतीक क्षेत्रमा फरकपन ल्याउने बताएका छन ।
(भिडियो सहित)https://www.youtube.com/watch?v=HrZfQIgqJak