७ असार, सिरहा – सिरहा सदरमुकाममा रहेको नेपाल टेलिकम कार्यालको परिसरमा निर्माणाधिन टावरबाट खसेर मंगलबार बेलुकी एकजनाको ज्यान गएको छ ।
बाराको ओल्भी नगरपालिका–७ का २६ वर्षका रमेश चौधरीको निर्माण भइरहेको टावरबाट खसेर ज्यान गएको हो । निर्माणधिन टावरको झण्डै ६० फिट माथिबाट खसेर टाउकोमा गम्भीर चोट लागेका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल सिरहामा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुहवी स्टीलले निर्माण गरिरहेको टेलिफोन टावरमा टाउको लागेर उनको ज्यान गएको हो । चौधरीले हेलमेट नलाई काम गरिरहेको अवस्थामा खसेर टाउकोमा गम्भीर चोट लागेर घाइते भएका उनको उपचारकै क्रममा ज्यान गएको जनाएको छ ।