Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सबनमको निर्देशमा लखपति माग्ने बन्ने

Tuesday, June 20, 2017 National Power

६ असार , काठमाडौं – हेटौडा मूभी मेकर्स टीम र ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले निर्माण गर्न लागेको चलचित्र ‘लखपति माग्ने’को घोषणा गरिएको छ ।

नेपालकै पहिलो महिला छायांकार सबनम मुखियाको निर्देशमा लखपति माग्ने बन्ने भएको हो । नेपालकी प्रथम नायिका तथा कार्यक्रमकी प्रमुख अतिथि भुवन चन्द रहेको कार्यक्रममा निर्देशक मोहन निरौला, बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा, बरिष्ठ रंग पत्रकार शान्तिप्रियको आतिथ्यता रहेको थियो ।

कार्यक्रमकी प्रमुख अतिथी तथा नेपालकै प्रथम नायिका भूवन चन्दले ‘लखपति माग्ने’को नाम लोकार्पण गरिएको समारोहमा चन्दले चलचित्र ‘लखपति माग्ने’को निर्देशक सवनम मुखीयालाई शुभकामना दीदै नाम नै युनिक भएकोले दर्शक समक्ष जान सजिलो हुने बताएकी थिइन् ।

कार्यक्रममा बोल्दै बरिष्ट निर्देशक लक्ष्मीनाथ शर्माले निर्देशक सवनम मुखीया जुझारु व्यक्तित्व भएको भन्दै शुभकामना दिए । त्यस्तै अर्का अतिथी, लेखक निर्देशक मोहन निरौलाले पनि सबनमको कार्यशैलीको प्रशंसा गर्दै ‘लखपति माग्ने’लाई शुभकामना दिएका थिए ।

समारोहमा अतिथि बरिष्ठ रंग पत्रकार शान्तिप्रियले निर्देशक सवनम मुखीया चलचित्रको प्रथम महिला सिनेमाटोग्राफर मात्र नभएर जुझारु चलचित्रकर्मी एवं सफल निर्देशक बन्ने दावी गरेका थिए । त्यस्तै अतिथी तथा ओस्कार कलेजका प्रिन्सीपल विनोद पौडेलले ओस्कार पढ्दा देखिनै सवनममा हुने विरुवाको चिल्लो पात देखेको बताए ।

सवनम मुखीयाको लेखननिर्देशनमा ‘लखपति माग्ने’ बन्न गइरहेको छ । भदौ पहिलो सातादेखी फ्लोरमा जाने बताइएको ‘लखपति माग्ने’मा अहिलेसम्म कमलमणी नेपाल एवं निरु खड्का कलाकारका रुपमा छनौट भएका छन् भने अन्यको छनौट चलिरहेको छ । चलचित्रमा सन्तोष श्रेष्ठको संगीत एवं शान्तिप्रियको गीत रहने पक्का भैसकेको छ । चलचित्र हाँस्यरसमा आधारीत रोमान्टीक हुने लेखक निर्देशक मुखीयाले बताइन् ।चलचित्रका निर्माता नरेन्द्र महर्जन तथा प्रकाशचन्द्र महर्जन हुन् ।

 

उक्त समारोहमा चलचित्र जुभिनाइलको दुई गीत पनि सार्बजनिक गरिएको थियो । सबनमले नै निर्देशन गरेको लघु चलचित्र जुभिनाइलको अन्तिम कार्य भइरहेको छ । कार्यक्रममा शान्तिप्रियको शब्द, युवराज चौलागाई र एञ्जीला रेग्मीको स्वर तथा सन्तोष श्रेष्ठको संगीत रहेको एक गीत तथा नितेश जंग कुवरको शब्द स्वर एवं संगीत रहेको उक गीत सार्वजनीक गरिएको थियो भने सन्तोष श्रेष्ठकै संगीतमा रहेको भूमीका सुब्बाको स्वरमा अर्को गीत पनि समावेश छ ।चलचित्र जुभिनाइलका तर्फबाट कलाकार माधव पौडेलले स्वागत मन्तव्य दिएका थिए ।

चलचित्रम कुमार गजुरेल, सञ्जना तिसीना, माधव पौड्याल, मोहन चाम्लीङ, ओमकृष्ण भण्डारी, नीशा थापा, सविन कटुवाल, सुवास वडाल, जगदीश अधिकारी, विष्णु प्रसाद कोइराला, उज्ज्वल पौडेल, वसन्त रीजाल, उज्ज्वल अधिकारी, कवि राई आदि कलाकारहरुको अभिनय रहेको छ ।

सोहि कार्यक्रममा ड्रिम वल्र्डले आफ्नो वार्षिकोत्सवको अवसर पारेर विभिन्न चलचित्रकर्मीलाई पुरस्कृत गर्ने शुरुआत गर्न लागेको कुरा सवनम मुखीयाले बताइन् । आफ्ना बाबु श्याम मुखीया एवं आमा सुनीता मुखीयाको सम्मानमा श्याम–सुनीता चलचित्रकर्मी पुरस्कार स्थापना गरेको सवनमले बताइन् । श्रावण देखी ड्रिम वल्र्डको वार्षिकोत्सवमा यो पुरस्कार शुरुवात गरिने बताइएको छ ।