Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

चुनावीको प्रचारमा प्रयोग गरेको जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते

Tuesday, June 20, 2017 National Power

६ असार, अर्घाखाँची – अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन ।

लु १ ज १९५८ नम्बरको जिप दुर्घटना हुँदा २५ वर्षीय अर्जुन घिमिरेको मृत्यु हो । घाइते ९ जनाको मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए । जिप असार १४ गते हुने स्थानीय तहको चुनावका लागि नेपाली कांग्रेसले प्रचारप्रसारमा लगेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।