Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारको हृदयघातका कारण मृत्यु

Monday, June 19, 2017 National Power

५ असार, बैतडी – स्थानीय तहको चुनावका लागि बैतडी डिलाशैनी गाउँपालिका वडा नम्बर ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका ७० वर्षका गोविन्द कार्कीको निधन भएको छ ।

उनले निर्वाचन अधिकृतको कार्यालय डिलाशैनीमा आइतबार दिउँसो ३ बजे तिर उम्मेदवारी दर्ता गराएका थिए ।दिउँसो उम्मेदवारी दर्ता गरेका कार्कीको आइतबार राति हृदयघात भएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।